कोरियामा भीषण वर्षा र बाढीका कारण २० जनाको मृत्यु, हजारौं विस्थापित

काठमाडौँ - दक्षिण कोरियामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ र हजारौं विस्थापित भएका छन् । 

 

तीन दिनसम्म लगातार परेको भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो, विद्युत अवरुद्ध र कतिपय भौतिक पूर्वाधार क्षति भएका छन् ।