सरकारले ६ देशका लागि राजदूत सिफारिस गर्‍यो, कुन देशका लागि को ?

 काठमाडौँ - सरकारले ६ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । यसअघि रिक्त रहेका ६ देशमा राजदूत नियुक्तिलाई लागि सिफारिस गरिएको हो ।

सिफारिसमा पर्नेहरूमा अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, युनाइटेड अरब इमिरेट्सको लागि तेजबहादुर क्षेत्री, कुवेतको लागि घनश्याम लल्साल, थाइल्यान्डको लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधिर भट्टराई र जेनेभास्थित स्थायी नियोगको लागि रामप्रसाद सुवेदी रहेका छन् ।