बल्छी ध्रुब्रे,राजु मास्टरसहित ८ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ - वान एक्स बेट कारोबार प्रकरणमा पक्राउ परेका कलाकार र युट्युबरसहित ८ जनालाई नै ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

यस प्रकरणमा पक्राउ पर्नेमा कलाकारहरु मरिचमान श्रेष्ठ बल्छी ध्रुब्रे राजु पौडेल राजुमास्टर, पवन खतिवडा , बेगम नेपाली भटभटे माइला युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर , गणेश देवकोटा  र सरोज घिमिरे  रहेका छन् ।

वान एक्स बेटमा प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।