राष्ट्रिय सतर्कता केन्द्रको सिंहदरबारमा आकस्मिक अनुगमन

 काठमाडौँ - कार्यालय आएर हाजिर गरेर फर्कने गरेको गुनसो आएपछि राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा आकस्मिक अनुगमन गरेको छ ।

बिहीबार केन्द्रका अनुगमन टोलीले सिंहदरबारका सबै गेटमा बसेर सिंहदरबारबाट बाहिरिने कर्मचारीसँग सोधपुछ गरेर आवश्यक रेकर्ड राखेको थियो । सिंहदरबारभित्र काम गर्ने कर्मचारीले बिहान कार्यालय प्रवेश गरेर हाजीर गरेर बाहिरिने र अपरान्ह पुन हाजिर गर्नका लागि मात्रै जाने गरेको गुनसो आएपनि अनुगमन गरिएको केन्द्रले जनाएको हो ।