काठमाडौँ गुर्जुधारामा ट्रक र मोटरसाइकल ठोक्किँदा २० वर्षीया सुमित्राको मृत्यु, चालक घाईते 

काठमाडौँ - काठमाडौंको गुर्जुधारामा ट्रकमा मोटरसाइकल ठोक्किँदा पछाडि सवार एक युवतीको मृत्यु भएको छ ।  मोटरसाइकल चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ की २० वर्षीया सुमित्रा मोक्तान छिन् । उनको उपचारको क्रममा सहिद मेमारियल अस्पताल कलंकीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमै उपचार भइरहेको छ । ना ५ ख ५७ ७७ नम्बरको मालबहाक ट्रकलाई ओभरटेक गर्ने क्रममा प्र ३०२ ००९ प २० १३ नम्बरको मोटरसाइकल आज बिहान सवा १० बजे ठोकिएको हो ।  दुवै सवारी साधनसहित ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।