प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता, के-के भयो कुराकानी ? 

काठमाडौँ - नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । 

झण्डै एक घण्टा वार्ता भएको स्रोतले बताएको छ । राजदूत सोङले प्रधानमन्त्रीको चीन भ्रमण र आगामी साता पोखरामा हुने ड्रायगन बोट फेस्टिबलको बारेमा छलफल गरेका छन् । राजदूत सोङले फेस्टिबलमा सहभागी हुन प्रधानमन्त्री दाहाललाई निम्तो दिएका छन् । आगामी बुधबार पोखरामा पहिलो पटक चीनबाट चार्टर फ्लाइट अवतरण हुँदै छ ।