मन्त्रिपरिषद बैठक बस्दै

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधामन्त्री निवास बालुवाटारमा बैठक ९ बजेका लागि बोलाइएको छ । आजको बैठकमा मुख्यसचिव र राजदूत नियुक्ती गर्ने तयारी छ ।

प्रधानमन्त्री कार्यालयमा रहेका सचिव वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी छ । हालका मुख्यसचिव शंकरदास वैरागीलाई मन्त्री स्तरको सेवा सुविधा दिने गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार वा राजदूतमा व्यवस्थापन गर्ने तयारी छ ।

मुख्यसचिवको कार्यकाल नसकिंदै वैरागीलाई अन्त व्यवस्थापन गर्न लागिएको हो । मुख्यसचिव हुन लागेका अर्याल आगामी असार २ मा अवकासमा जानेमा थिए । वैरागी परराष्ट्र सेवाबाट मुख्यसचिव बनेका थिए । उनले राजदूतको रुपमा भारत,चीन र अमेरिका नपाउने भए आफुलाई नेपालमै व्यवस्थापन गर्न प्रधानमन्त्रीसंग आग्रह गरेको स्रोत बताउंछ ।