काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद काँग्रेसको दादागिरी गर्ने ठाउँ नभएको बताएका छन् ।
आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले काँग्रेसले संसदमा दादागिरी देखाएको बताएका थिए ।
उनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने स्पष्ट पारे । फैसला सुनाउन काँग्रेसका सांसद न्यायाधीस नभएको उनले स्पष्ट पारे ।