एमालेको युवा विद्यार्थीले आज शक्ति प्रदर्शन गर्दै

काठमाडौँ - नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु (युवा–विद्यार्थी)ले आज सोमबार शक्ति प्रदर्शन गर्ने भएको छ ।

युवा–विद्यार्थीले भ्रष्टचार विरुद्ध शक्ति प्रर्दशन गर्न लागेको हो । युवा संघले ३४औँ स्थापना दिवस र अनेरास्ववियुले ५९औँ स्थापना दिवसका अवसरमा काठमाडौंको प्रदर्शनीमार्गमा बिहान ११ बजे भ्रष्टचार विरुद्ध खबरदारी र्‍याली सहितको सभा आयोजना गरेको छ ।