नेकपा एमालेका नेता टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बित

काठमाडौंँ - नेकपा एमालेका नेता टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् । 

आइतबार बुढानिलकण्ठस्थित आफन्तको निवासबाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो । सो जानकारीपछि सभामुख घिमिरले उनी पक्राउ परेका संसदलाइ जानकारी गराएका हुन् ।