आजको शेयर बजार : नेप्से ३.३४ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट 

काठमाडौँ - सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा दिनभर उतारचढावबीच ३.३४ अंकको सामान्य गिरावट हुँदा १८१८.३१ अंकमा बन्द भएको छ ।

विकास बैंक, वित्त कम्पनी, उत्पादनमुलक र लघुवित्त उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहितका अधिका‌श उपसूचक गिरावट हुँदा नेप्से पनि सामान्य घटेको छ । सोमबार उत्पादनमूलक उपसूचक सर्वाधिक ०.५२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.३४ प्रतिशत र विकास बैंक उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ ।