रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ हुँदै, फैसला आजै आउने 

काठमाडौँ - सर्वोच्च अदालतमा टीकापुर घटनासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जारी छ ।  पटकपटक साधारण तारिख र पेसी सरेर हेर्दाहेर्दैमा परेको रेशम चौधरीसहितविरुद्धको उक्त मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको हो ।

यो मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो । उक्त दिन चौधरी पक्षका कानून व्यवसायीले बहस गरेका थिए । सोमबार सरकारी वकिल र प्रतिपक्षका वकिलले बहस गर्नेछन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार हेर्दाहेर्दैमा परेको र यसअघिदेखि नै सुनुवाइ सुरू भएकाले मुद्दा किनाराको अन्तिम चरणमा छ ।