सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान सुरु

काठमाडौँ - नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वयान सुरु भएको हो ।

गत बिहीबार पक्राउ परेका पूर्वगृहमन्त्री खाँण माथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले हिजो ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याइएको हो ।