अध्यक्ष राउतले भने-'उपनिर्वाचनपछि मधेशमा मुख्यमन्त्री परिवर्तन हुन्छ'  

काठमाडौँ - जनमत पार्टीका अध्यक्ष सीके राउतले उपनिर्वाचनपछि मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने बताएका छन् । 

चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमान्दार भए उपनिर्वाचनपछि मधेसमा जनमतको मुख्यमन्त्री बन्ने उनको तर्क छ ।

उनले उपनिर्वाचन पछि मधेस प्रदेशका मुख्यमन्त्रीको बहिर्गमन हुने भन्दै सत्ताधारीले जनतालाई दिग्भ्रमित गर्न अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ नभएको बताए ।