सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने कांग्रेसको औपचारिक निर्णय

काठमाडौँ - नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी नाउपाको रेशम चौधरी पक्षलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।

सुदूरपश्चिमको कामचलाउ सरकारका मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा आज ९सोमबार० बिहान बसेको संसदीय दलको बैठकले नाउपाका मुख्यमन्त्रीका उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार काँग्रेसले यसअघि कुनै पनि दललाई समर्थन नगर्ने निर्णय लिएको थियो ।