देशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि, वायु प्रदुषण बढ्दो 

काठमाडौँ - देशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि भएको छ । वन विभागको तथ्यांकअनुसार अहिले ९२ स्थानमा डढेलो लागिरहेको छ ।

तराईका विभिन्न भागका जंगलहरुमा डढेलो फैलिएको छ । चितवन, पर्सा प्युठान लगायतका क्षेत्रमा अन्यत्रभन्दा बढी डढेलो फैलिएको छ । तराई, पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो सक्रिय छ ।

वन विभागको अनलाइन फायर अलर्ट गर्ने मोडिस प्रणाली अनुसार प्युठानका १५ , चितवनका १४ र पर्साका १० मा डढेलो लागिरहेको छ । पाल्पाका ७, दाङका ६ र गोर्खाका ५ स्थानमा डढेलो सक्रिय छ । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ ।