नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली  

काठमाडौँ । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को प्रमुखमा एआइजी श्यामलाल ज्ञवालीलाई सरुवा गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले किरण बज्राचार्यलाई सरुवा गर्दै ज्ञवालीलाई जिम्मा दिएको हो ।

यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको छ ।

बैठकपछि सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिइन् ।