जसपाले समानुपातिक सांसदमा मञ्जु अन्सारीलाई पठाउँदै

काठमाण्डौँ - जनता समाजवादी पार्टी जसपाले समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्यको रिक्त पदमा मञ्जु अन्सारीलाई पठाउन लागेको छ।

जसपाबाट समानुपातिक सांसद शहनाज रहमानको गत फागुन १३ गते निधन भएको थियो । भक्तपुरको घ्याम्पेडाँडामा वनभोज गएकी सांसद रहमानलाई हृदयाघात भएको थियो ।

उनी मुस्लिम क्लस्टरबाट समानुपातिक सांसद बनेकी थिइन् । रिक्त पदमा मुस्लिम क्लस्टरको बन्दसूचीबाट दोस्रो नम्बरमा रहेको नाम पठाउनुपर्ने व्यवस्था छ ।