उपराष्ट्रपति निर्वाचन : रामसहायलाई मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौँ - सत्ता साझेदार दल नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा। प्रकाशशरण महतले बताए । ‘गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्ने निर्णय भयो,’ उनले भने ।
रामसहाय १० दलीय गठबन्धनका साझा उम्मेदवार हुन् । गठबन्धनबाट जनमत पार्टीकी ममता झा पनि उम्मेदवारकै रूपमा छिन् । यस्तै एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।