नेकपा र माओवादी समाजवादीबीच एकता


काठमाडौँ - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा ९माओवादी समाजवादी० बीच पार्टी एकता भएको छ । दुई दलबीच बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनका बीच एकता भएको हो ।

एकताबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा दुई दलबीचको एकताले कम्युनिष्ट आन्दोलन ध्रुवीकरणको कोशेढुङ्गा सावित हुने दाबी गरिएको छ । 
माओवादी जनयुद्धका बेला सँगै रहेका यी घटक र नेताहरू पछि छिन्नभिन्न भएका थिए । विप्लव मोहन वैद्य नेतृत्वबाट छुटिएका हुन् भने बुढाथोकी गोपाल किराती नेतृत्वबाट छुटिएका हुन् ।