मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौँ । मध्य पहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

फिक्कल गाउँपालिका  ४ खाङसाङबेसीबाट खुर्कोट तर्फ आँउदै गर्दा बा ४९ प ६७९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक फिक्कल गाउँपालिका ६ बस्ने ४५ वर्षीय थिर बहादुर विश्वकर्माको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार सोही ठाउँका  २८ वर्षीय अनिश विश्वकर्मा घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालका अनुसार दुर्घटनाका घाइते दुबै जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको थियो।

उपचारका क्रममा थिर बहादुरको मृत्यु भएको हो । अनिशको भने उपचार भइरहेको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।