कांग्रेसविरुद्ध एमालेले गर्‍यो निर्वाचन आयोगमा उजुरी

 

काठमाण्डौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।

उपराष्ट्रपतिको निर्वाचनको सन्दर्भमा कांग्रेसले गरेको निर्णयलाई लिएर उजुरी दर्ता गरिएको एमाले सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए । ‘आचारसंहिता उल्लङ्घनको  निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी गरेका छौँ,’ सचेतक बर्तौलाले भनेका छन् ।