शेयर बजारमा ओरालो यात्रा लगातार, नेप्से आज १३ अंकले घट्यो !

काठमाडौँ - लगातार ओरालो लागेको नेप्से परिसूचक साताको चौंथो दिन वुधबार पनि दोहोरो अंकले घटेको छ । वुधबार नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ बिन्दुमा बन्द भएको छ ।

आज ४८ लाख १५ हजार १२० कित्ता सेयरको खरिदबिक्रि हुदा बजारले १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कारोबारमा रहेका उपसमूहमा मेन्युफ्याक्चरी्ं एण्ड प्रोसेसि समूह बाहेका बाकि १२ उससमूहको सेयर मूल्य घटेको छ । अपि पावर कम्पनीले ६ करोड २० लाख ९ हजार ३०३ रुपैयाँको कारोबार गरेर शिर्स स्थानमा रहेको छ ।

सर्वधिक नाफ कमाउनेमा क्रमश युनिलीभरर नेपाल, बाराहि हाइड्रो पावर र करपोरेट डेभलेपमेन्ट बैंक रहेका छन । यस्तै, शर्वाधिक गुमाउनेमा गरिमा डेवेन्चर २०८५, विजय लघुवित्त वित्तीय सस्था र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् ।