विमानस्थलबाट एक करोड  विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ 

काठमाडौँ ।  दुई जना पाकिस्तानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित  पक्राउ परेका छन्।

गएराति टर्कीको इस्तानबुलबाट फ्लाई दुबईबाट काठमाडौँ आएका ३१ वर्षीय यासिन मोहम्मद र ४८ वर्षीय अनाम लखानी ५० हजार डेनिस क्रोनरसहित पक्राउ परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एएसपी कृष्णहरी शर्मा पोखरेलले जानकारी दिए।

विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट डेनिस क्रोनर ५० हजार बरामद भएको थियो।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ। आज कार्यालय खुलेपछि सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने एएसपी पोखरेलले बताए।