जोमसोमबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटना हुदाँ १७ जना घाइते

जोमसोमबाट पोखरातर्फ जाँदै गरेको बस मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित धम्पु सडकमा दुर्घटना भएको छ ।

जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको म्याग्दी कोरला यातायात प्रा.लि.को बस आज बिहान साढे आठ बजेतिर दुर्घटना भएको मुस्ताङको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

बसमा रहेका १७ जना यात्रुमध्ये ४ जना गम्भीर घाइते भएका छन् भने अन्य यात्रु सामान्य घाइते भएका छन्। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरी नायव उपरीक्षक डीएसपी पौडेलले जानकारी दिएका छन् ।

गम्भीर घाइते भएका यात्रुलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने सामान्य घाइते रहेका यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक पोडेलले जानकारी दिएका छन् ।

बस दुर्घटनाको सूचना भएसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार तामाङसहित १५ जना र लेते प्रहरी चौकीबाट ५ जनाको प्रहरी टोली घटनाम स्थलमा पुगेर उद्दार गरिएको थियो ।