'एमालेको राष्ट्रपति भए बर्बाद हुन्छ' : माधव नेपाल

पोखरा - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको राष्ट्रपति भए बर्बाद हुने जिकिर गरेका छन् ।

‘सभामुख अहिले नेकपा एमालेको छ। राष्ट्रियसभा अध्यक्ष पनि एमालेकै छ। राष्ट्रपति पनि दिए बर्बाद हुन्छ’, उनले भने । बुधबार बिहान पोखरामा भएको पत्रकार सम्मलेनमा बोल्दै उनले राजनीतिक सन्तुलन मिलाउनुपर्नेमा जोड दिए ।

‘सन्तुलन मिलाइयो भने गलत प्रवृत्ति जन्मिन हुर्किन पाउँदैन । जन्मिहालेको छ भने हुर्किन पाउँदैन । जन्मेकै छैन भने जन्मिन पनि पाउँदैन’, अध्यक्ष नेपालले भने । उनले संविधानको रक्षा गर्न सक्ने मान्छे राष्ट्रपति हुनुपर्ने बताए । ‘संविधानको रक्षा गर्न सक्ने मान्छे चाहियो, परिवर्तनको रक्षा गर्न सक्ने मान्छे चाहियो । त्यस्तो पात्र को हुन सक्छरु खोजी जारी छ’, अध्यक्ष नेपालको भनाइ छ ।