विमानस्थलबाट सुनसहित दुई जना महिला पक्राउ  

काठमाडौँ । त्रिभुवन  अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका(१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका(३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन् ।

भित्री बस्त्रमा सुन जस्तो देखिने पहेलो रंगको धातुको करिब ११.६४ ग्राम तौलको बेरुवा औँठी १ थान र करिब ५८.३२ ग्राम तौलको ब्रासलेट १ थान लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

दुबईबाट नेपाल आएकी उर्मिलालाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा पाईन्टभित्र लुकाई छिपाई भन्सार छलि लैजान लागेको अवस्थामा करिब ५० ग्राम तौलको सिक्री १ थान र करिब १८ ग्राम तौलको गणेशको मुर्तिको लकेटसहित सिक्री १ थान फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।