दोलखामा सुख्खा पहिरो : एक जनाको मृत्यु, दुई घाइते

 दोलखा - दोलखाको बिगु गाउँपालिका १ लप्ची जाने सडकमा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । 

बिगु गाउँपालिका १ लामाबगरबाट लप्ची जाने बाटोमा एक्कासि सुख्खा पहिरो झर्दा ढुंगाले लागेर नासा हाइड्रोमा काम गर्ने कामदारको मृत्यु भएको र दुई जना घाइते भएका दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए । 

उनीहरू नासा हाइड्रोका कामदार हुन् । मृतकको नाम खुल्न बाँकी छ । पहिरो खसेपछि लामाबगरबाट लप्ची जाने बाटो अवरुद्ध भएको छ। मौसम समेत प्रतिकुल भएका कारण हेलिकोप्टर पठाउन नसक्दा घाइतेको उद्धार हुन सकेको छैन ।  घाइतेको उद्धारका लागि हेलिकोप्टर बोलाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।