बालकृष्ण खाँणको मुद्दामा आज निर्णायक सुनुवाइ हुँदै

 काठमाण्डौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको मुद्दाको निर्णयक सुनुवाइ आज हुँदैछ । उच्च अदालत पाटनमा हुने सुनुवाइमा एकल इजलासले मुद्दाको किनारा लगाउनेछ । 

तेस्रो न्यायाधीशको रायले खाण थुनामा रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ । यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो । पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए । उक्त इजलासले ४ जनालाई साधारण तारेख, ६ जनालाई धरौटीमा छाड्न र ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।