मोरङ कारागारका बन्दी केशरको मृत्युबारे छानबिन गर्न समिति गठन

मोरङ - जिल्ला कारागार मोरङमा थुनामा रहेका बन्दी केशरबहादुर भुजेलको मृत्यु भएको विषयमा छानबिन गर्न समिति बनाइएको छ । कारागारमा रहस्यमय मृत्यु भएको भन्दै परिवारले शव नबुझेपछि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा कोशी अस्पतालका डाक्टर मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् । उक्त समितिलाई छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।