'कोशी प्रदेशमा गठबन्धन नेतृत्वकै सरकार हुन्छ' : प्रधानमन्त्री दाहाल

 चितवन - प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा गठबन्धनकै नेतृत्वको सरकार हुने बताएका छन् ।

भरतपुर बिमानथस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग गठबन्धन टुट्न नदिने कुरा गरेको उनले बताए। कोशीमा कार्कीलाई विश्वासको मत दिएर गठबन्धन जोगाउने उनको भनाइ थियो ।

सो अवसरमा उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन मेजर अपरेसनको आवश्यकता रहेको औंल्याए। उनले चितवन आफू आराम गर्न आएको बताउँदै चितवन एयसपोर्टको काम अगाडि बढाउन मन्त्रीसँग छलफल भएको बताए।