प्रचण्ड, देउवा र शेखर कोइरालाबीचको लिखित सहमतिमा के छ ? 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस नेता शेखर कोइरालासँग लिखित सहमति गरेका छन् ।  सत्तारूढ गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाउन पुगेका कांग्रेस नेता कोइरालासँग सबैजना सत्ता गठबन्धनप्रति दृष्ढ र स्पष्ट रहेको भनेर सहमति गरेका हुन् । 

शनिबार बिहान भएको सहमतिमा सत्ता गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने भनिएको छ। तीन नेताबीचको सहमतिपछि कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए ।