चोरीको १ करोड रुपैयाँसहित भारतमा नौ जना नेपाली पक्राउ

 काठमाडौँ - भारतमा चोरीको रकमसहित नौ जना नेपाली पक्राउ परेका छन् ।

भारतमा १ करोड रकम चोरी गरेर नेपाल छिर्ने क्रममा भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूको पहिचान भारतीय प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेका बताइएको छ ।

उनीहरूले सोमबार राति दिल्लीमा चोरी गरेका बताइएको छ ।