स्वास्थ्य बिमाको परिमार्जित प्याकेज भदौ १ गतेबाट लागु हुने

काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रमको परिमार्जित प्याकेजको दररेट भदौ १ गतेदेखि मात्रै लागु हुने भएको छ ।

परिमार्जित दररेट अध्ययन र प्राविधिक तयारी गर्नुपर्ने भन्दै समय मागेपछि एक महिना ढिलो हुन गएको नेपाल स्वास्थ्य विमा बोर्डले जानकारी दिएको छ ।

यसअघि बोर्डले साउन १ गतेदेखि नयाँ दररेट कायम गर्ने निर्णय गरेको  थियो । स्वास्थ्य बिमा बोर्डले  एक हजार २९० वटा औषधिसहित सुविधा थैलीमा रहेका प्याकेजको दररेट अपडेट गरेको हो ।

 

hib-1720939684.jpg