हास्यव्यंग्य कलाकार ‘बले’ ले सुटुक्क कसे लगनगाँठो

काठमाडौँ । हास्यव्यंग्य कलाकार सागर लम्साल ‘बले’ ले सुटुक्क लगनगाँठो कसेका छन् ।  कलाकार बले आइतबार झापाकी स्नेहा दंगालसँ विवाह बन्धनमा बाँधिएका हुन् ।

बलेकी जीवन संगीनी स्नेहा पेशाले नर्स हुन् ।  उनले भक्तपुरको एक पार्टी प्यालेसमा विवाह गरेका हुन् ।

उनीहरुको मागी विवाह भइको बताइएको छ । विवाहमा उनका घर परिवार र नजिकको आफन्तलाई मात्रै बोलाइएको बुझिएको छ ।