थाइल्याण्डका प्रधानमन्त्रीद्वारा सन्‍न्यासको घोषणा

 काठमाण्डौँ - थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्‍न्यास लिने घोषणा गरेका छन् । यद्यपि उनले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताएका छन् ।

युनाइटेड थाई नेसन यूटीएन पार्टीको आधिकारिक फेसबुक पेजमा उनले जारी गरेको विज्ञप्तिमा ‘अब म यूटीएन पार्टीको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गर्दैछु,’ भनेका छन् । उनले राष्ट्र, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गरेका छन् ।