'मिटर ब्याजसम्बन्धी विधेयक तत्काल ल्याउनु पर्यो, गडवड भए सदन चल्न दिँदैनौँ' : लामिछाने 

 काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक तत्काल ल्याउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आगामी बैठकमा विधेयक नल्याए आफूहरूले संसद् चल्न नदिने चेतावनी दिएका छन् । 

उनले कसको स्वार्थमा विधेयक रोकियो भन्दै प्रश्न समेत गरेका छन् ।

गत असार २० गते एमालेलगायत विपक्षी दलले सदन अवरुद्ध गरेका कारण सरकारले अध्यादेशमार्फत् ल्याएको विधेयक निष्क्रिय छ।