नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै, के-के छन् एजेण्डाहरु ? 

काठमाण्डौँ - नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज शुक्रवार बस्दैछ । 

असार ३० गते डाकिएको सचिवालय बैठकका एजेण्डा तय गर्नका लागि बैठक शुक्रवार दिउँसो ३ बजे पार्टी मुख्यालयमा बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग बिहीवार छलफल गरेका छन् । बैठकमा अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गरेका थिए । 
 
छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए ।