५४ लाख बढी मूल्यको सुनसहित हेटौंडाबाट एक युवक पक्राउ


हेटौंडा - ५४ लाख बढी मूल्यको सुनसहित प्रहरीले हेटौंडाबाट एक युवकलाई पक्राउ गरेको छ ।

५४ लाख ४८ हजार रुपैयाँ बराबरको सुनसहित प्रहरीले बुधबार बिहान युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्जका २२ वर्षीय किसन साह रहेका छन् ।

मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ५६१।३० ग्राम सुनसहित उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।