शरणार्थी प्रकरणको दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका १५ जना पक्राउ

काठमाडौँ - प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट  १५ जनालाई पक्राउ गरिएको छ । 

 नक्कली भुटानी शरणार्थी प्रकरणको दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले नक्कली भु्टानी शरणार्थी प्रकरणको प्रतिवादीहरुको पक्षमा कानुन व्यवसायीहरूले बहस गरेको भन्दै अदालत परिसरमा नाराबाजी गरेका थिए ।

नाराबाजीको क्रममा उनीहरुलाई प्रहरीले नियान्त्रणमा लिएको हो । नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीसहितका विद्यार्थी नेताहरू पक्राउ परेका छन ।