बंगलादेशमा आज शक्तिशाली आँधी आउने चेतावनी, नेपालमा कस्तो असर पर्ला ? 

एजेन्सी - बंगलादेशमा आँधीको चेतावनीसँगै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बंगलादेश सरकारले १५ सय अस्थायी शिविर निर्माण गरी ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरेको हो । मोचा नामको आँधीले आइतबार साँझ जमिनको सतहमा टक्कर दिने प्रक्षेपण गरिएको छ । प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने आँधीको मुख्य प्रभाव बंगलादेशको कक्स बजारमा पर्ने सक्ने आँकलन गरिएको छ ।

सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी घरहरुमा बसोबास गर्दै आएका छन् । हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ । आँधीको साइरनसहित रातो झण्डा फहराईएको छ । यसैबीच पोखरीमा माछा मार्ने काम बन्द गर्न माझीहरुलाई आदेश दिइएको छ । नेपालमा भने खासै असर नपर्ने मौसमबिद्ले बताएका छन् ।