महासचिव पोखरेलले भने-'भविष्यको योजनामा काम गर्ने पार्टी पुराना हुँदैनन्'  

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले भविष्यको योजनामा काम गर्ने पार्टीहरू कहिल्यै पुरानो नहुने दाबी गरेका छन् । आज सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले नयाँ र पुराना पार्टीहरूको भाष्य खडा गरिन खोजिएको बताएका हुन् ।  

‘मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन सक्तैन । यो निरन्तर गतिशील प्रवाहमा अघि बढ्ने गर्छ,’ उनले भने, ‘माओवादी केन्द्रसँगको पार्टी एकतासँगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन। संगठनात्मक अराजकता बढेर गयो। परिणाम स्वरूप यसको गति केही कमजोर बनेको थियो। संगठनात्मक अराजकताले यसको एकीकृत शक्ति घट्न पनि पुगेको थियो।’

‘मिसन ग्रासरूट’ले गतिहिनता तोडेको र नयाँ गतिको आधार सिर्जना गरेको उनको दाबी छ। नयाँ स्वतः विकल्प हुने, राम्रो र सफल नहुने उनले उल्लेख गरे । 
शनिबार सकिएको पाँचौ केन्द्रीय कमिटी बैठकले पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रूपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको उनले बताए ।