अग्नी सापकोटा नेतृत्वको टोली चीन जाँदै

 काठमाडौँ - पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटा चीन भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा सापकोटाको नेतृत्वमा माओवादी केन्द्रका नेताहरुको टोली चीन जान लागेको हो । 

माओवादी केन्द्रका पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले सापकोटाको नेतृत्वमा अध्ययन भ्रमणका लागि पार्टीका नेताहरु चीन जान लागेको अन्नपूर्णलाई जानकारी दिए। स्रोतका अनुसार, भ्रमण दलमा प्रत्येक प्रदेशबाट १र१ जना र जनवर्गिय संगठनका नेताहरु रहने छन् ।  अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अनुमोदन भएपछि चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रका नेताहरुबीच सुमधुर सम्बन्ध छैन । 

एमसीसी पारित भएका बेला सापकोटा नै प्रतिनिधि सभाका सभामुख थिए । एमसीसी पारित हुनु, बीआरआई अन्तर्गतका परियोजनाहरु अघि बढ्न नसक्नुले चीनले नेपालका कम्युनिष्ट नेताहरुलाई शंकाको घेरामा राखेका छन् ।