केन्यामा भोकमरी : मृत्यु हुनेको संख्या २०१ पुग्यो

काठमाडौँ - केन्याको शाकाहोला जंगलमा भोकमरीका कारण मृत्यु हुनेको संख्या २०१ पुगेको छ ।

एक क्षेत्रीय सरकारी अधिकारीका अनुसार थप २२ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या २०१ पुगेको हो । “हाम्रो फोरेन्सिक टोलीले थप २२ वटा शव निकाल्न सफल भयो, तर हामीले कुनै पनि उद्धार रिपोर्ट गरेका छैनौं,” क्षेत्रीय आयुक्त रोडाह ओन्यान्चाले शनिबार पत्रकारहरूलाई भने ।

यस हप्ताभर अधिकारीहरूले अवशेषहरूको खोजीमा जंगलमा छरिएका चिहानहरू खन्ने र बाँचेकाहरूका लागि क्षेत्रको खोजी गरिरहेका छन् । सयौं मानिसहरू अझै बेपत्ता भएका कारण खोजी गरिएको बताइएको छ ।