विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा मोबाइल ल्याउन पाउने

काठमाडौं - वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् ।

भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो ।

विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउनेछन् भने अध्ययन तथा अन्य प्रयोजनका लागि विदेसिएका नेपालीले एक थान मात्रै फोन ल्याउन पाउनेछन् ।