मिटरब्याजी पीडितले बैशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्ने 

 काठमाडौँ - सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याजीपीडितले काठमाडौंमा बृहत्  मार्च पास गर्ने भएका छन् । 
 
आफ्ना माग पूरा गर्नका लागि दबाब दिन भन्दै आगामी बैशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्ने जनाएका छन् । 

यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो ।

वार्ता भंग भएपछि उनीहरू काठमाडौंको शान्तिवाटिकामा निरन्तर धर्ना दिँदै आएका छन् ।  मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ ।