संघीय निजामती सेवा विधेयक संसदमा पेश 

काठमाडौँ । संघीय निजामती सेवा विधेयक २०८० प्रतिनिधिसभामा पेश भएको छ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक २०८० लाई प्रस्तुत गरेका हुन् ।

सो विधेयकको सम्बन्धमा भने सभामा सैद्धान्तिक छलफल प्रारम्भ भएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फागुन २१ गते संसद् सचिवालयमा दर्ता भएको थियो ।

विधेयक प्रस्तु गर्दै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकिय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले निजामती कर्मचारीलाई राजनीतिक रूपमा तटस्थ, पेशागत रुपमा सक्षम, समावेशी, व्यवसायिक, सहभागितामुलक र उच्च मनोबलयुक्त बनाउनुपर्ने बताए।