धादिङको गजुरीबाट अवैध लागुऔषधसहित २ जना पक्राउ

 धादिङ - धादिङको गजुरी गाउँपालिका १ गजुरी बजारस्थित सडकबाट अवैध लागुऔषध गाँजा २१ किलोग्रामसहित २ जनालाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका ८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय राज कुमार तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाण्डुबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख २११९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।