आगलागी हुँदा रौतहटमा तीनवटा घर जलेर नष्ट, ७ लाख बराबरको क्षति

काठमाडौँ । रौतहटमा आगलागी भएर तीनवटा घर जलेर नष्ट भएको छ । रौतहटको राजदेवी नगरपालिकामा बुधबार साँझ आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

राजदेवी- ७ मुडवलवामा भएको आगलागीमा परी तीनवटा घर जलेर नष्ट भएका हुन्। आगलागीबाट स्थानीय कैलास राउत बरई, शत्रुधन साह र हृदय साहको घर जलेर पूर्ण नष्ट भएको हो।

आगलागीमा घरमा रहेको अन्न, लत्ताकपडा लगायतका लाखौंको सरसमान जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति नभएको  जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिए । 

स्थानीय, सशस्त्र प्रहरी मिलेर गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रवक्ता गिरीले जानकारी दिएकी छन्।