प्रतिनिधि सभाको बैठक {LIVE}

काठमाडौँ - प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि राख्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।

त्यसपछि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्नुहुनेछ । मन्त्री जोशीले नै ‘निर्माणमुखी सामाग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।